कांग्रेसले ४४ औं मेलमिलाप दिवस मनाउँदै

काठमाडौँ, १६ पौष । नेपाली कांग्रेस र उसका भ्रातृसंस्थाहरुले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छन् । पार्टीका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ । कांग्रेसले बुधबार ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्‍याली, कोणसभालगायतका कार्यक्रम गरी…