नेकपाको सचिवालय बैठक बस्दै : यस्ता छन् आजका एजेण्डाहरु

काठमाडौँ, १७ पौष । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्‍ने लागेको हो । बैठकमा सभामुखको उम्मेदवार चयन र राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारबारेमा छलफल हुने बताइएको छ । यस्तै आगामी पुस २३ का लागि बोलाइएको केन्द्रीय कमिटी बैठकको एजेण्डामा पनि बैठकमा छलफल हुने बुझिएको छ ।