काङ्ग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप

जनकपुर, १५ कार्तिक । धनुषामा सत्तारुढ समाजवादी पार्टी र प्रतिपक्षी नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा सात जना घाइते भएका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १० स्थित रमदैया भवाडीमा समाजवादी पार्टी र काङ्ग्रेसका कार्यकर्ताबीच बुधबार राति हातपात हुँदा दुवैतर्फ घाइते भएको धनुषा प्रहरीले जनाएको छ । घाइते हुनेमा काँग्रेसका सुकदेव यादव, रामहृदय यादव, रामबहादुर…