काठमाडौँ, २ पौष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलले एकताको समयमा विभिन्न परिस्थितीका कारण संगठनबाट विदाई लिएका युवा नेताहरुलाई उचित जिम्मेवारी दिन माग गर्दै पार्टीका महासचिव विष्णु पौडेललाई ज्ञापनपत्र बुझाउनुभएको छ ।