नेपाल एअरलाइन्सको टिकट काटेका ७० जना यूएईमै अड्किए

काठमाडौँ, २३ भदौ । यूएईबाट नेपाल एअरलाइन्समार्फत घर फर्कन टिकट काटेका ७० जना जरिवाना तिर्न नसक्दा यूएईमै रोकिएका छन् । नेपाल एअरलाइन्सका यूएई प्रतिनिधि टिकाराम पङ्गेनीका अनुसार समयअवधिभित्र स्वदेश फर्कन नपाउँदा लागेको ओभरस्टे बापतको जरिवाना तिर्न नसक्दा टिकट काटिसकेका ७० जना यूएईमै रोकिएको हो । टिकट काटेर घर फर्कन विमानस्थल पुगिसकेका नेपालीहरु यूएईको अध्यागमनमा जरिवाना…