काठमाडौँ, ७ मंसिर । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रुस र सर्विया प्रस्थान गर्दै छन । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणमा निम्त्याउन राष्ट्रपति विद्यादेवी भण्डारीको निम्तो बोकेर परराष्ट्रमन्त्री ज्ञवाली मस्को प्रस्थान गर्न लागेका हुन । सन् २०११ मा तत्कालीन परराष्ट्रमन्त्री उपेन्द्र यादवले रुसको भ्रमण गरेका थिए भने त्यसअघि सन् १९९२ मा रुसका तत्कालीन परराष्ट्रमन्त्री नेपाल आएका…