काठमाडौँ, ६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले मिचिएको भूमि कुटनीतिक पहलको माध्यमबाट फिर्ता लिइने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार मन्त्रिपरिषद्का सदस्य र सचिवलाई निर्देशन दिँदै उहाँले भारतसँग नेपालको सीमा विवाद शदियौँदेखि रहेकाले सीमा विवाद समाधान गर्नतिर सरकार लागेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘अहिले नयाँ शिराबाट कालापानी, लिपुलेक, लिम्पियाधुराका कुरा…