गृहमन्त्रीको सचिवालयद्वारा धानबाली नष्ट गरेको भन्ने समाचारबारे खण्डन

काठमाडौँ, ९ भदौ । गृहमन्त्री रामबहादुर थापाको टोलीले अछामको रामारोशनमा बाढीपिडितका लागि राहत वितरणका क्रममा धानबाली नष्ट गरेको भनी आएका समाचार तथा टिप्पणीको उनको सचिवालयले खण्डन गरेको छ । रामारोशनमा गत बुधबार आएको बाढीबाट पीडितका लागि राहत लिएर गत शुक्रबार गृहमन्त्री नेतृत्वको टोली रामारोशन गएको थियो । बुधबार यहाँ बाढीपहिराले ठूलो जनधन क्षति भएको थियो…