विश्व बैंकको चेतावनी : ५० वर्षयताकै सुस्त विश्व आर्थिक वृद्धि

काठमाडौँ, ३१ जेठ । विश्व बैंकले सन् २०२० को दशकमा विश्व अर्थतन्त्र ५० वर्षयताकै सबैभन्दा कमजोर अवस्थामा पुग्न सक्ने चेतावनी दिएको छ । बैंकले यसै साता सार्वजनिक गरेको ‘ग्लोबल इकोनमिक प्रस्पेक्ट’ प्रतिवेदनमा सन् १९६० को दशकयता विश्व अर्थतन्त्रमा अहिले सबैभन्दा सुस्त वृद्धिको अवस्था रहेको उल्लेख छ । अवरोध, ट्यारिफ नीतिले ल्याएको अनिश्चितता र अन्तर्राष्ट्रिय सहयोगको अभावजस्ता कारणले…