बजेट कार्यान्वयनमा प्राथमिकता निर्धारण गरेर सहजीकरण गर्न अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौँ, २९ जेठ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनमा प्राथमिकता निर्धारण गरेर सहजीकरण गर्न निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालय, उच्चस्तरीय व्यवस्थापन समूहको बुधबारको बैठकमा उहाँले अन्तरमन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन कर्मचारीलाई निर्देशन दिनुभएको हो । व्यावहारिक पक्षलाई हेरेर परिणाममुखी हिसाबले आगामी आर्थिक वर्ष २०८२/८३ को मासिक र वार्षिक लक्ष्य निर्धारण गर्नुपर्नेमा पनि उहाँले…