काठमाडौँ, ३ असार । चीन भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले चीनको उच्च सैनिक अधिकारीहरुसँग भेटवार्ता गरेका छन । सोमबार चीनको चेंग्दु, डुजियङ्ग्यान शहरमा जनमुक्ति सेनाका पश्चिम थिएटर कमाण्डर गेन झाओ जोङ्कीसँग प्रधानसेनापति थापाले शिष्टाचार भेटवार्ता गरेका हुन । भ्रमणकै सिलसिलामा प्रधानसेनापति थापाले आज चेंदुबाट बेइजिङ जाने कार्यक्रम रहेको छ भने बेइजिङमा नेपाली राजदूतावासले आयोजना गर्ने…