गलत र अवैध तरिकाले दिइएको नागरिकता पाइए तत्काल खारेज गर्नुपर्छ : नेता रावल

काठमाडौँ, १ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले गलत र अवैध तरिकाले दिइएको नागरिकता पाइए तत्काल खारेज गर्नुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले धेरै विदेशीहरुले गैरकानूनी रुपमा नागरिकता पाएको कुरा सुन्नमा आएको बताउँदै त्यसमा छानबिन गरेर खारेज गर्नुपर्ने…