प्रदेश १ को स्थायी राजधानी विराटनगर घोषणा

विराटनगर, २४ बैशाख । विराटनगरलाई सर्वसम्मतरुपमा प्रदेश १ को स्थायी राजधानी घोषणा गरिएको छ । सोमबार बसेको प्रदेशसभा बैठकले मोरङको औद्योगिक नगरी विराटनगरलाई सर्वसम्मत रुपमा राजधानी तोकेको हो । स्थायी राजधानीका लागि प्रदेशसभामा मतदान हुने चर्चा चले पनि विपक्षी नेपाली कांग्रेसले समेत आफ्नो प्रस्ताव फिर्ता लिएर नेकपाको प्रस्तावलाई समर्थन जनाएपछि सर्वसम्मतिमै राजधानी तोक्न सम्भव भएको…