बुटवल, ४ चैत । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइसरको संक्रमणबाट बच्न आम नागरिकलाई १५ वटा सुझावहरु प्रस्तुत गर्नुभएको छ । उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उक्त सुझावहरु दिनुभएको हो । कोरोना भाइरसको संक्रमित क्षेत्रका वा त्यस ठाउवाट आएका व्यक्तिहरुले होम क्वारेन्टाइन अर्थात सेल्फ क्वारेन्टाइनमा वस्दा ध्यान दिनुपर्ने…