काठमाडौँ, २४ फागुन । नेपाली कांग्रेसले उपसभापति विजयकुमार गच्छदार समूहका ११ जना नेतालाई केन्द्रीय सदस्य बनाएको छ । तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट कांग्रेसमा समाहित भएकाहरूलाई समेटेर सभापति शेरबहादुर देउवाले शुक्रबार केन्द्रीय सदस्य मनोनित गरेका हुन् । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ११ केन्द्रीय सदस्यहरुमा कैलालीका रामजनम चौधरी, सिराहाका नसिर सिद्धिकी, झापाका भारतेन्दुकुमार मल्लीक, सप्तरीका हेमराज…