राष्ट्रपति भण्डारीद्वारा ३२९ कैदीको कैद मिनाहा

काठमाडौँ, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ७० औं प्रजातन्त्र दिवसको अवसरमा ३२९ कैदीको बाँकी कैद मिनाहा गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा आज (फागुन ७ गते) देखि लागू हुने गरी ३२९ जना कैदीको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी…