‘मानवता’भन्दा माथि कुनै जात छैन: प्रधानमन्त्री ओली

काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मावनताभन्दा माथि कुनै पनि जात नहुने बताउनुभएको छ । जातीय छुवाछुट उन्मुलन दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले समभाव र समानताको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन् । नवजात शिशु हिँड्न थालेपछि समाजले…