काठमाडौँ, २९ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्वय संगठन अनेरास्ववियु तथा अनेरास्ववियु (क्रान्तिकारी)ले स्ववियु निर्वाचनको कार्यतालिका अविलम्ब सार्वजनिक नगरे कठोर कदम चाल्ने चेतावनी दिएका छन् । सोमबार दुई संगठनले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्ववियु निर्वाचन गराउन मिति तय गरे पनि विश्वविद्यालयको प्रशासनले निर्वाचनको कार्यतालिका प्रकाशन गर्न…