काठमाडौँ, १३ माघ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित विज्ञसहितको टोलीले निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको सम्बन्धमा अनुसन्धान सम्पन्न गरी २४ बुँदे निर्देशनसहितको प्रतिवेदन सरकारलाई पेश गरेको छ । आयोगले चारबँुदे सिफारिश एवम् २४ बुँदे निर्देशनसहित आज सरकारसमक्ष पेश गरेको हो । सो विषयमा घटनाको प्रहरीद्वारा अनुसन्धान प्रक्रिया अन्त्य नभएसम्म आयोगको अनुगमन जारी रहने जनाइएको…