काठमाडौँ, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकले उत्पादनमूलक क्षेत्रमा लगानी गरी ब्याजदर लचिलो बनाउनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरूसँगको भेटमा उहाँले बैंकलाई उत्पादनमूलक, रोजगारीका अवसर सिर्जना गर्ने, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरूमा लगानी गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “लगानी गरेपछि त्यसबाट अर्थतन्त्रमा केही न केही टेवा…