काठमाडौँ, १५ जेठ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सत्तामा बस्नेहरूका गतिविधिले जनतामा असन्तुष्टि बढेको बताएका छन् । आज जनपत्रकार सङ्गठन र जनगर्जन मिडिया प्रालिले बुटवलमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अपेक्षाअनुसार काम नहुँदा युवादेखि सबैमा असन्तुष्टि बढेको बताए । उनले गणतन्त्रप्रति असन्तुष्टि बढ्दै जाँदा राजसंस्था पक्षधरहरू सडक आन्दोलनमा आएको समेत बताए ।…