सुरुङमार्ग निर्माणमा चीनसँग समझदारी

काठमाडौँ, २७ असोज । नेपाल र चीनबीच नेपालमा सुरुङमार्ग निर्माणका लागि समझदारीपत्र (एमओयू)मा आइतबार हस्ताक्षर भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको दुई दिवसीय भ्रमणका क्रममा दुई मुलुकबीच सुरुङमार्ग निर्माणसहित विभिन्न १८ वटा समझदारीपत्र र दुईवटा ‘लेटर अफ एक्सचेन्ज’ मा हस्ताक्षर भएको हो । अर्थ मन्त्रालय र ‘चाइना इन्टरनेसनल डेभेलपमेन्ट को–अपरेसन एजेन्सी’बीच सुरुङ निर्माणका लागि सहकार्य…