काठमाडौँ, २३ फागुन । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी बनेका महावीर पुनले विजय जुलुस निकालेर चुनावमा हारेका प्रतिस्पर्धीहरुलाई उडाउन नहुने बताएका छन् । आउँदो दिनहरूमा विपक्षीहरूसँग नै मिलेर म्याग्दीको विकासको लागि काम गर्नुपर्ने उल्लेख गर्दै उनले नारा, जुलुस, भोज भतेर जस्ता आडम्बरी कुराहरू मलाई पटक्कै मन नपर्ने बताए । मेरो जीतमा खुसीयाली मनाउन चाहनु हुन्छ…