काठमाडौँ, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुुक्त राष्ट्रसंघको एसिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक आयोगको कार्यकारी सचिवालयका उपमहासचिव अर्मिदा सलसिह अलिस्जाहबानाले शिष्टाचार भेट गर्नुभएको छ । भेटका अवसरमा अलिस्जाहबानाले नेपालले यही जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादको सफलताको कामना गर्दै वातावरणीय मुद्धामा नेपाललाई दिइँदै आएको सहयोग निरन्तर रहने विश्वास…