गणतन्त्र पक्षधरसँग तालमेल गर्न सकिने– अध्यक्ष केसी

काठमाडौँ, १८ असोज । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र पक्षधरसँग चुनावी तालमेल हुनसक्ने संकेत गर्नुभएको छ । रिपोर्टस क्लबद्वारा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष केसीले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँशक्ति नेपालबीच भएको तालमेल र एकता प्रयासलाई आफूले ठूलो रुपमा नलिएको भन्दै चुनावी तालमेल भए तापनि पार्टी एकता भने हुन नसक्ने बताउनुभयो…