काठमाडौँ, २९ वैशाख । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भगवान् गौतमबुद्धको जन्मभूमि लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलको रूपमा परिचित गराउन सबैले पहल गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । २५६९औँ बुद्ध जयन्तीको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भगवान् गौतमबुद्धको जन्मभूमि लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलको रूपमा परिचित गराउँदै आन्तरिक पर्यटनलाई सुदृढ गर्न सरकारले उचित पहल गर्न…