काठमाडौँ, २२ बैशाख । राष्ट्रिय जनता पार्टी (राजपा)ले मधेस तथा थरुहट आन्दोलनका क्रममा भएका घटनाबारे छानविन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा राजपा सांसद लक्ष्मणलाल कर्णले प्रतिवेदन सार्वजनिक गर्न सभामुखले गरेको रुलिङ कार्यान्वयन नभएको भन्दै ध्यानाकर्षण गराएका छन । उनले भने, ‘संविधान संशोधनको कुरा पटक(पटक उठाइराखेका छौं…