काठमाडौँ, २१ वैशाख । सत्तारूढ एमालेले सरकारले ल्याएको नीति तथा कार्यक्रमको समर्थन गर्दै यसको पक्षमा संसद्मा प्रभावकारी ढंगले भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । पार्टी संसदीय दलको शनिबार बसेको बैठकले नीति तथा कार्यक्रम प्रगितिशील, व्यावहारिक र जनमुखी रहेको निष्कर्ष निकाल्दै यसको पक्षमा सकारात्मक भएर लाग्ने निर्णय गरेको हो । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नीति तथा…