काठमाडौँ, १६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेटवार्ता भएको छ । आज शीलत निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसँग प्रधानन्यायाधीश राउतले भेट गरेका हुन् । प्रधान न्यायाधीश राउतको यही चैत १८ गते पदावधि सकिँदैछ ।