सरकारले मन्त्रीहरुलाई आइफोन दिन लागेको विषय भ्रामक : सञ्चारमन्त्री 

काठमाडौँ, ६ बैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले मन्त्रीहरुलाई आइफोन दिन लागेको विषय भ्रामक भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै सरकारले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने विषय कसैको परिकल्पनाको भ्रामक कथा मात्र भएको बताएका छन् । यस्तो कल्पना कसरी निर्माण भयो भन्ने जिज्ञासा पनि उनले राखेका छन्…