चितवन, १५ जेठ । स्थानीय तहको निर्वाचनपिछ भरतपुर महानगरपालिकाको मत गणना भइरहदाँ मध्यराती मतपत्र च्यातिएको छ । मतपत्र च्यातिएपछि अनिश्चितकालका लागि मतगणना स्थगित गरिएको छ । मध्येराति ११ः४४ बजे दलका प्रतिनिधिले मतपत्र च्यातेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना टाँस गरी अर्को सूचना जारी नभएसम्मका लागि मतगणना स्थगित गरिएको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले…