काठमाडौँ, २ वैशाख । नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको १२औं बैठकले चार सय केभीको इनरुवा–न्यु पुर्णिया र दोदोधरा–बरेली प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनासम्बन्धी काम एक महिनाभित्र सुरु गर्ने सहमति गरेको थियो । गत माघ ९ मा बसेको बैठकले संयुक्त कम्पनी स्थापनासम्बन्धी काम महिना दिनभित्र सुरु गर्ने सहमति भए पनि दुई महिना बितेपछि मात्र सम्झौतापत्रको…