काठमाडौँ, १५ पौष । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले पर्वहरूले नेपालको बहुसांस्कृतिक पहिचानलाई विश्वसामु जीवन्त राख्न मद्दत पुर्याएको उल्लेख गरे। मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले तमु समुदायको पर्व 'तमु ल्होसार' र दुरा समुदायको 'म्हैप्रु नकुमा' पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।…