मकवानपुर, २४ फागुन । नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामाको घोषणा गरेका छन् । पछिल्लो निर्वाचन परिणामपछि पार्टीभित्र गम्भीर आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गर्दै उनले आइतबार सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका हुन् । पोखरेलले नेकपा माले हुँदै एमालेको ४५ वर्ष लामो राजनीतिक यात्रामा अहिले पार्टीले भोग्नुपरेको परिणामको वास्तविक कारण पहिचान गर्नुपर्ने बताए । उनले…