काठमाडौँ, २५ फागुन । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्नो पार्टीको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुरूप पुनर्गठन गर्न अपिल गरेका छन् । आज जारी विज्ञप्तिमार्फत विगतमा पार्टीका तर्फबाट भएका गल्ती, कमजोरीको गम्भीर समीक्षा र जनअपेक्षाअनुसार आफैँलाई रूपान्तरण गर्न आग्रह गरेका छन् । उनले लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत भएर आफूले रुपन्देही–२ का मतदाताको फैसलालाई सहर्ष…