ललितपुर, २० मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माण मात्रै होइन नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउन सक्ने विकास आजको आवश्यकता भएको बताएका छन् । राष्ट्रपति पौडेलले ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शनिवार यहाँ उद्घाटन गर्दै सो धारणा व्यक्त गरे । राष्ट्रपति पौडेलले जनताका गुनासा, असन्तुष्टि, माग सुन्ने र तीनलाई बुझ्न घरदैलोमा पुग्ने लोकतान्त्रिक…