दुई प्रहरी विधेयकमा एक सयभन्दा बढी संशोधन

काठमाडौँ, १६ फागुन । प्रतिनिधि सभामा विचाराधीन नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई विधेयकमा एक सयभन्दा बढी संशोधन दर्ता भएका छन् । व्यक्तिगत र सामूहिक गरी दुई विधेयकमा ११६ वटा संशोधन दर्ता भएका हुन् । नेपाल प्रहरी विधेयकउपर ५२ र सशस्त्र प्रहरीको विधेयकमा ६४ संशोधन दर्ता भएका हुन् । सशस्त्रको विधेयकमा संशोधन दर्ताको समयसीमा बिहीबार साँझसम्म थियो ।  प्रतिनिधि सभा विधेयक…