उपवास र ध्यान योगले मानसिक स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुग्छः उपराष्ट्रपति यादव

काठमाडौँ, १४ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महाशिवरात्रि पर्वका अवसरमा गरिने उपवास र ध्यान योगले शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । महाशिवरात्रि पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले यसबाट आत्म शुद्धि, ध्यान र आध्यात्मिक उन्नतिको अवसर प्रदान गर्ने उल्लेख गर्नुभयो । शिवको आराधना र भक्तिको माध्यमबाट धार्मिक आस्था…