काठमाडौँ, २७ फागुन । नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा सदस्यको निर्वाचन परिणाम अप्रत्याशित भएको बताएका छन् । आज पार्टीबाट राष्ट्रियसभामा नवनिर्वाचित सदस्य र बहालवाला सदस्यबीचको परिचयात्मक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले चुनावी नतिजा अपेक्षाभन्दा फरक आएको बताएका हुन् । उनले भने, “यो नतिजा अप्रत्याशित लाग्यो मलाई । तथापि, पार्टीभित्र छलफल गर्न…