दल खोल्दिनँ, चुनाव लड्दिनँ : गृहमन्त्री अर्याल

काठमाडौँ, २७ कार्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले आफूले राजनीतिक दल खोल्ने वा चुनाव लड्ने कुनै मनसाय नराखेको स्पष्ट पारेका छन् । राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा सांसद किरणबाबु श्रेष्ठले 'गृहमन्त्रीले दल खोल्ने वा चुनाव लड्ने तयारी गरेको हो ?' भनेर प्रश्न गरेका थिए । गृहमन्त्री अर्यालले आफूहरू संविधानको शपथ खाएर…