काठमाडौँ, २२ माघ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले १० वटा हिमाली जिल्लाका विद्यालयहरूमा छात्रावास निर्माण गरिने बताएकी छन् । आज पूर्वी रसुवाको नौकुण्ड गाउँपालिकाको फाम्चेतमा गौतमबुद्व माध्यमिक विद्यालयको ४८औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा उनले रसुवामा पनि छात्रावास निर्माण गर्न जिल्ला शिक्षा समितिमार्फत माग गर्न निर्देशन दिइन् । ग्रामीण क्षेत्रका विद्यार्थीले स्थानीयस्तरमै कक्षा १२ सम्म…