कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ, १८ माघ । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । बैठक आज बिहान ८:३० बजे संसद् भवनस्थित ल्होत्से हलमा बस्न लागेको हो । आजबाट सुरु हुने संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुको प्रस्तुति लगायतका विषयमा बैठकमा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि बसेको दलको बैठकमा बोल्न बाँकी सांसदहरुले आज धारणा राखिसकेपछि मन्त्रीहरुले जवाफ दिनेछन्…