काठमाडौँ, १७ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले माघ महिनाभित्र एआईको पोलिसी बनाइसक्ने प्रतिबद्दता जनाएका छन् । बिहीबार काठमाडौँमा नेपाल चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले जिडिपीमा डिजिटल इकोनोमीबाट ३ प्रतिशत सहयोग होस् भन्ने अपेक्षा सरकारले गरेको बताए । अध्यादेशमा यसको प्रबन्ध मिलाइएको र आइटी क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान हुने…