विराटनगर, १५ माघ । कोशी प्रदेश सरकारले प्रदेशसभाको आगामी हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ २५ गते दिउँसो २ बजेदेखि प्रदेशसभाको बैठक बोलाउने गरी सिफारिस गरिएको आन्तरिक मामला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए। बैठकका निर्णयहरूबारे जानकारी दिँदै मन्त्री पराजुलीले हाल प्रदेशसभाको आफ्नै…