काठमाडौँ, ८ चैत । खानेपानी मन्त्री प्रदीप यादवले आम नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने सवालमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले पानीका मुहानहरूमा भइरहेको राजनीति अन्त्य गर्ने पनि बताएका छन् । उनले एउटा वडाबाट अर्को वडामा पानी जान नदिने प्रवृत्ति मौलाएको भन्दै सरकार यसको…