काठमाडौँ, २४ फागुन । जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई आयोगको प्रतिवेदन बुझाएका छन् । अध्यक्ष कार्कीले प्रतिवेदन सार्वजनिक गर्न र कारबाही गर्न पनि आग्रह गरेका छन् । “म आयोगमा जानुअघि नै जाँचबुझ आयोग बन्नुपर्छ, त्यसको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ र कारबाही हुनुपर्छ भन्ने मान्छे हुँ,” अध्यक्ष कार्कीले प्रधानमन्त्रीसँग भनेको भनाइ दाहोर्याउँदै…