जोखिमविरुद्ध सक्रियतापूर्वक जुट्न नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौँ, १८ असोज । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक कमिटीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभर भारी वर्षा, बाढी, पहिरो र डुबानको जोखिम बढेकाले सतर्कता अपनाउन आह्वान गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मौसम विभागको चेतावनीअनुसार विभिन्न क्षेत्रमा उच्च जोखिम देखिएकाले जनसमुदायलाई सुरक्षित रहन अपिल गरेका हुन्। प्रचण्डले तीनै तहका सरकारलाई तीव्र पूर्वतयारी र प्रतिकार्यमा…