वैदेशिक रोजगार संशोधन विधेयकको मस्यौदा तयार

काठमाडौँ, १९ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार संशोधन विधेयकको मस्यौदा तयार गरेको छ । वैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन र वैदेशिक रोजगार व्यवसायीको हकहितको संरक्षण गर्ने प्रावधान वैदेशिक रोजगार ऐन, २०६४ बाट हटाएर वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन विधेयकको मस्यौदा तयार गरिएको हो ।  विधेयकको मस्यौदाले रोजगारदाता कम्पनीले नेपाली श्रमिक भर्नाका…