बीआरआई ‘फ्रेमवर्क’ मा हस्ताक्षर गर्न कांग्रेस–एमाले सहमत

काठमाडौँ, १५ मंसिर । लामो रस्साकसीपछि सत्तारूढ कांग्रेस र एमालेले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) का विषयमा साझा धारणा तय गरेका छन् । चीनले प्रस्ताव गरेको ‘कार्यान्वयन योजना’ शीर्षकको साटो ‘सहकार्य फ्रेमवर्क’ का नाममा सम्झौता गर्न शुक्रबार दुई दल सहमत भएका हुन् । यही सहमतिबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा दुई पक्षबीच हस्ताक्षर हुनेछ ।…