काठमाडौँ, १४ मंसिर । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेका ६ उमेदवारलाई स्पष्टीकरण सोधेको छ । आयोगले बिहीबार कीर्तिपुर नगरपालिका र काठमाडौँ महानगरपालिकाका वडा नम्बर १६ का गरी ६ उमेदवारलाई स्पष्टीकरण सोधेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उपनिर्वाचनको आचारसंहिता विपरीतका कार्य गरेको पाइएकाले स्पष्टीकरण सोधिएको बताए । आयोगले निर्वाचन अचासंहिताको पालना भए/नभएको अनुगमनका लागि…